एन्डोयुरोलोजी र पाथरी सर्जरी
मिर्गौला, युरेटर र मूत्राशयमा हुने पाथरीको दुर्बिन–आधारित न्यून–चिरफार उपचार — सुपर–मिनी PCNL (SMP), मिनी–PCNL, युरेट्रोस्कोपिक स्टोन सर्जरी (URS) तथा सिस्टोलिथोट्रिप्सी (Cystolithotripsy) जस्ता प्रक्रियाहरू।
विशेषज्ञ मूत्ररोग चिकित्सक, माया मेट्रो हस्पिटल, धनगढी
युरोलोजीमा व्यापक विशेषज्ञता प्रदान गर्दै, जसमा उन्नत र आधुनिक दुर्बिन-आधारित मिर्गौलाको पथरी र प्रोस्टेट शल्यक्रिया, बाल मूत्ररोग शल्यक्रिया, पुरुषरोग विज्ञान (एन्ड्रोलोजी), मूत्रमार्गको पुनर्निर्माण, लेप्रोस्कोपिक प्रक्रियाहरू, तथा एभी फिस्टुला निर्माण जस्तै अन्य शल्यक्रियाहरू समावेश छन् — सबै नैतिक, बिरामी-केन्द्रित हेरचाहका साथ प्रदान गरिन्छ।
डा. सुमित कर्ण
डा. सुमित कर्ण MBBS, MRCSEd (Surgery) तथा FCPS (Urology) योग्यता प्राप्त विशेषज्ञ मूत्ररोग चिकित्सक हुन्, जो हाल धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत छन्। १३ वर्षभन्दा बढीको मूत्ररोग सम्बन्धी क्लिनिकल अनुभव तथा ३३०० भन्दा बढी मूत्ररोगसम्बन्धी शल्यक्रिया गरिसकेका उनले एन्डोयुरोलोजी, मिर्गौलाको पाथरी शल्यक्रिया, प्रोस्टेट शल्यक्रिया, बाल मूत्ररोग तथा दुर्बिन–आधारित (मिनिमली इनभेसिभ) उपचारमा विशेष दक्षता हासिल गरेका छन्।
उहाँको अभ्यासमा सुपर–मिनी PCNL (SMP), मिनी–PCNL, युरेट्रोस्कोपिक स्टोन सर्जरी (URS), ट्रान्सयुरेथ्रल रिसेक्शन अफ प्रोस्टेट (TURP), युरेथ्रल रिकन्स्ट्रक्सन तथा लेप्रोस्कोपिक युरोलोजी सम्मका विविध प्रक्रियाहरू समावेश छन्। उहाँले फ्लेक्सिबल युरेट्रोस्कोपी (RIRS) र लेजर लिथोट्रिप्सीसम्बन्धी प्रशिक्षण समेत प्राप्त गर्नुभएको छ र केन्द्रमा उपलब्ध प्रविधिअनुसार उपचार प्रदान गर्नुहुन्छ।
युरो–अनकोलोजी क्षेत्रमा, उहाँले मिर्गौला तथा मूत्राशयसम्बन्धी ट्युमरहरूको शल्य–व्यवस्थापन प्रदान गर्नुहुन्छ, जसमा लेप्रोस्कोपिक र्याडिकल नेफ्रो–युरेट्रेक्टोमी, पार्शियल नेफ्रेक्टोमी, ट्रान्सयुरेथ्रल रिसेक्शन अफ ब्लाडर ट्यूमर (TURBT), डाइग्नोस्टिक सिस्टोस्कोपिक तथा अन्य प्रक्रियाहरू समावेश छन्।
डा. कर्णले दुर्बिन–आधारित आधुनिक युरोलोजीमा विस्तृत प्रशिक्षण प्राप्त गर्नुभएको छ र विशेषगरी एन्डोयुरोलोजी शल्यक्रियामा उत्कृष्ट अनुभव हासिल गर्नुभएको छ। उहाँले नेपालका विभिन्न अस्पतालहरूमा मूत्ररोग सेवा सुरु गर्न तथा सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ।
उहाँले १६ भन्दा बढी अन्तर्राष्ट्रिय समीक्षित (peer-reviewed) प्रकाशनहरू प्रकाशित गरिसक्नुभएको छ, निरन्तर क्लिनिकल अनुसन्धानमा सक्रिय हुनुहुन्छ, र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिकित्सकीय जर्नलहरूमा समीक्षक (peer reviewer) को रूपमा संलग्न हुनुहुन्छ।
उहाँ आफ्नो इमानदार, विनम्र र बिरामी–केन्द्रित सोचका लागि चिनिनुहुन्छ। उपचारअघि स्पष्ट संवाद, नैतिक निर्णय तथा बिरामीको वास्तविक हितमा आधारित विकल्प प्रदान गर्नु उहाँको प्राथमिकता हो। धेरै बिरामीहरूले उहाँलाई कयरिङ, सजिलोसँग पहुँचयोग्य र जिम्मेवार चिकित्सकका रूपमा वर्णन गर्छन्।
“म प्रत्येक बिरामीलाई आफ्नै परिवारका सदस्यजस्तै जिम्मेवारी र माया–आधारित उपचार दिन चाहन्छु।”
डा. सुमित कर्णले आधुनिक दुर्बिन–आधारित (एन्डोयुरोलोजी) उपचारदेखि जटिल मिर्गौला, मूत्राशय, प्रोस्टेट तथा बाल मूत्ररोगसम्मका समस्याको व्यवस्थापनमा विशेषता राख्नुहुन्छ।
मिर्गौला, युरेटर र मूत्राशयमा हुने पाथरीको दुर्बिन–आधारित न्यून–चिरफार उपचार — सुपर–मिनी PCNL (SMP), मिनी–PCNL, युरेट्रोस्कोपिक स्टोन सर्जरी (URS) तथा सिस्टोलिथोट्रिप्सी (Cystolithotripsy) जस्ता प्रक्रियाहरू।
प्रोस्टेट ठूलो हुने (BPH) समस्याको एन्डोस्कोपिक व्यवस्थापन (बाइपोलार र मोनोपोलार TURP), मूत्राशयको घाँटी साँघुरो हुने समस्याको दुर्बिन–आधारित चीरा (TUIP), खुल्ला प्रोस्टेटेक्टोमी र मूत्राशय ट्यूमरहरूको ट्रान्सयुरेथ्रल रेसेक्सन (TURBT)
युरेथ्रा साँघुरिने समस्या (स्ट्रिक्चर) को मूल्याङ्कन, तथा दुर्बिन–आधारित युरेथ्रोटोमी (DVIU), युरेथ्रोप्लास्टी (Urethroplasty), भ्यासेक्टोमी उल्टाउनका लागि सूक्ष्मशल्यक्रियात्मक भासोभासोस्टोमी प्रक्रिया (Vasectomy reversal ) र आवश्यक परेमा अन्य पुनर्निर्माण प्रक्रियाहरू।
मूत्रनलीको साँघुरोपन/अवरोध (PUJO) का लागि लेप्रोस्कोपिक पाइलोप्लास्टी, काम नगर्ने वा क्यान्सर भएको मिर्गौलाको दुर्बिन–शल्यक्रिया (लेप्रोस्कोपिक नेफ्रेक्टोमी तथा र्याडिकल नेफ्रो–युरेट्रेक्टोमी), जस्ता प्रक्रियाहरू।
मिर्गौला र मूत्राशयका ट्युमरहरूको डाइग्नोसिस तथा शल्य–व्यवस्थापन — TURBT, लेप्रोस्कोपिक र्याडिकल नेफ्रो–युरेट्रेक्टोमी, पार्टियल नेफ्रेक्टोमी तथा अन्य चयनित प्रक्रियाहरू।
फाइमोसिस, बाल पथरी रोग, मृगौलामा पानी जम्नु (हाइड्रोनफ्रोसिस), मूत्रनलीको साँघुरोपन/अवरोध (PUJO), केटाहरूमा पातलो पिसाबको धार (Posterior Urethral Valve)को दुर्बिन–आधारित उपचार, र बालबालिकामा अन्य सामान्य मूत्रसम्बन्धी समस्याहरूको व्यवस्थापन
मूत्रनली, मृगौला र अण्डकोषको चोटपटकको व्यवस्थापन; अण्डकोषको घुमाव (Torsion of testis); र हाइड्रोनफ्रोसिस वा पायोनेफ्रोसिसका लागि आपतकालीन पर्कुटेनियस नेफ्रोस्टोमी
दीर्घकालीन तथा अन्तिम चरणको मिर्गौला रोग भएका बिरामीहरूका लागि आर्टेरियो–भेनस फिस्टुला (AV Fistula) बनाउने तथा हेमोडायलाइसिस क्याथेटर राख्ने सेवा।
धेरैजसो मानिसले सुरुमा “पिसाबको समस्या” भनेर अनलाइन खोज्छन्, तर कति बेला मूत्ररोग विशेषज्ञ कहाँ देखाउनु पर्छ भन्ने थाहा नहुन सक्छ। तपाईंलाई तलका समस्या भएमा मूत्ररोग विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ:
यस्ता लक्षणहरू देखिएमा तपाईँ वा तपाईँका बच्चाको मूल्याङ्कन तथा उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल मा कार्यरत डा. सुमित कर्णसँग परामर्श लिन सक्नुहुन्छ।
नयाँ अपोइन्टमेन्ट वा सर्जिकल परामर्शका लागि कृपया सम्पर्क गर्नुहोस्:
चटकपुर-३, धनगढी, कैलाली
सुदूरपश्चिम प्रदेश, नेपाल
अस्पतालको रिसेप्सन मुख्य नं.:
+९७७-९१-४१६१४०
+९७७-९८०१७४३७०७
माया मेट्रो हस्पिटल, धनगढीमा नियमित रूपमा उपलब्ध
समय: बिहान ९:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म (अपोइन्टमेन्ट अनुसार)।
यो फारममार्फत पठाइएको सन्देश डा. सुमित कर्ण सम्म सुरक्षित रूपमा पुग्छ। क्लिनिकल वा शैक्षिक (academic) जिज्ञासाका लागि प्रयोग गर्न सकिने non-emergency माध्यम हो। अपोइन्टमेन्टका लागि भने कृपया अस्पतालको रिसेप्सनमार्फत सम्पर्क गर्नुहोस्।